एकैदिन प्रतितोला ४ हजार २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ ३० शुक्रवार ११:३६
2.09K
shares
shares

काठमाडौं, ३० जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहीवार तोलामा १ लाख ९२ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार तोलामा ४ हजार ९ सयले बढेर प्रतितोला १ लाख ९७ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । बिहीवार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

















