Dhulikhel Eco Banner new

प्रभु स्टील्स एण्ड हाईड्रोको संस्थापक शेयर बिक्रीमा

1.73K
shares

काठमाडौं,४ असार । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।कम्पनीले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने व्यवस्था भएकाले हाल यस शेयरमा संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। शेयरको बिक्रीमूल्य प्रतिकित्ता ६२.५ रुपैयाँ तोकिएको छ।

शेयर खरीदन गर्न इच्छुक संस्थापक शेयरधनीले यही असार ३२ गतेभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधराणलाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।