प्रतितोला १ हजार ५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ असार ११ बुधवार १०:४४
2.02K
shares
shares

काठमाडौं, ११ असार । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलवार प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बुधवार एक हजार ५ सयले घटेर तोलामा १ लाख ९२ हजारमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । मंगलवार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार घटेर २ हजार १४० रुपैयाँमा कायम भएको छ ।


















