Dhulikhel Eco Banner new

यस्तो छ बुधवारका लागि विदेशी मुद्राको विनिमयदर

1.57K
shares

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार बुधवार युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ । बुधवार युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा कायम भएको छ । मंगलबार खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा रहेको थियो ।

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा थियो । मंगलबार भने अमेरिकी डलरको भाउ बढेको थियो भने युरोको घटेको थियो ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा कायम भएको छ ।