Dhulikhel Eco Banner new

विन नेपालको कामु सीईओमा खतिवडा नियुक्त

1.86K
shares

काठमाडौं, ११ असार । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडालाई नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको असार ९ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि खतिवडालाई सीईओको जिम्मेवारी दिएको हो।

विगत लामो समयदेखि संस्थामा कार्यरत रहँदै आएका खतिवडाको नेतृत्वमा संस्था अझ सुदृढ र प्रगतिपथमा अगाडि बढ्ने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ।