Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल

2.46K
shares

काठमाडौं, १२ असार । बिहीवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ४.४५ अंकले घटेर २,५९८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब ७८ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.१८ प्रतिशतका दरले बढेको छ ।

यसदिन सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.९३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, पिपल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले कमाएका छन् भने सुपर माडी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले कमाएका छन् ।