झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८२ असार १२ बिहीवार १५:०५
2.67K
shares
shares

काठमाडौं, १२ असार । बिहीवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.७५ अंकले घटेर २,५९८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब ७८ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.१८ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, रिलायबल समुद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.३० प्रतिशतका दरले गुमाएका छन् ।
















