Dhulikhel Eco Banner new

प्रतितोला दुई हजार ९ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.42K
shares

काठमाडौं, १३ असार । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला दुई हजार ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार प्रतितोला १ लाख ९२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार दुई हजार ९ सयले घटेर तोलामा १ लाख ८९ हजार ४ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेकोछ । बिहीवार तोलामा २ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार घटेर २ हजार १६५ रुपैयाँमा कायम भएको छ ।