तेह्रथुम पावरको हकप्रद शेयरमा शेयरमा आवेदन खुला
वि.सं.२०८२ असार १६ सोमवार ११:४२
shares

काठमाडौं, १६ असार । तेह्रथुम पावर कम्पनी लिमिटेडले सोमवारदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर (१:१ अनुपात) निष्कासन गर्न लागेको हो।
यस योजनाअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ४० करोड रुपैयाँ हुनेछ। हकप्रद शेयरको आवेदनका लागि कम्पनीले यसअघि जेठ ५ गते बुक क्लोज गरेको थियो।
सो अनुसार, जेठ ४ गतेसम्म शेयरधनी दर्ता भएका लगानीकर्ताहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म कायम गरिएको छ। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
उक्त शेयरमा आवेदन दिन इच्छुक शेयरधनीहरूले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप र संक्रान्तिबजा शाखा लगायत तेह्रथुमका शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छ्यायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
















