महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ असार १७ मंगलवार १५:०१
3K
shares
shares

काठमाडौं, १७ असार । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले शेयर संख्या भने खुलाएको छैन। उक्त शेयर खरिद गर्न इच्छुकले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदन दिन इच्छुकले बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंबाट आवेदन दिन सक्नेछन्।
















