Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, शेयर बजारमा २१७ कम्पनीको शेयर मूल्य बढ्यो

2.76K
shares

काठमाडौं, १६ असार । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.४४ अंकले बढेर २,६६२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब ३  करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, युनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य २.१३ प्रतिशतका दरले गुमाएका छन् ।