सडकमा फोहोर गरेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना
वि.सं.२०८२ असार २२ आइतवार १४:२३
2.04K
shares
shares

काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा फोहोर फाल्ने एक कम्पनीलाई ५० हजार जरिवाना गरेको छ।
महानगरका अनुसार, जानकी कलर टेक नामक कम्पनीले वडा नम्बर ३ अन्तर्गतको क्षेत्रमा आफ्नो गाडी वा कामदारमार्फत माटो, वालुवा तथा अन्य फोहोर सडकमा फालेको पाइएपछि आइतवार ५० हजार जरिवाना तिराएको हो ।



















