Dhulikhel Eco Banner new

फरवार्ड माइक्रोफाइनान्सद्वारा बिपन्न बेरोजगारहरुलाई सिटी सफारी हस्तान्तरण

1.77K
shares

काठमाडौं, २२ असार । विपन्न तथा बेरोजगार युवाहरुलाई स्वरोजगारमा प्रोत्साहित गर्ने उद्देश्यले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० जनालाई सिटी सफारी हस्तान्तरण गरेको छ।

शाखा कार्यालय खनार, सुनसरीद्वारा आयोजित कार्यक्रममा असार २० गते रोजगारी अभावमा रहेका युवाहरुलाई सहुलियतपूर्ण ब्याजदरमा तिर्न मिल्ने शर्तमा सिटी सफारी उपलब्ध गराइएको हो। फरवार्डले बिराटनगरस्थित गणपति पी.जी. एण्ड सप्लायर्स कम्पनीबाट प्रतिगोटा २ लाख ६५ हजार मूल्य पर्ने सवारी साधन खरिद गरी वितरण गरेको संस्थाले जानकारी दिएको छ ।

कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्सका कर्जा विभाग प्रमुख बचन कुमार चौधरी र शाखा प्रमुख सिमला कुमारी चौधरीले संयुक्त रूपमा सफारीहरू हस्तान्तरण गरे। सफारी पाएका युवाहरुलाई पूर्वतयारी स्वरूप आवश्यक तालिम समेत प्रदान गरिएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार, सिटी सफारी वितरणका लाभग्राहीहरूमध्ये प्रबिन चौधरी, कारीलाल चौधरी, खातुन बेगम, धनिन्द्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मिया, फरिदा खातुन र मो. सजाद रहेका छन्।