सामान्य अंकले बढ्यो शेयर बजार, १६२ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८२ असार २२ आइतवार १५:१०
shares

काठमाडौं, २२ असार । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.७५ अंकले बढेर २,७०७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ५० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.८७ प्रतिशतका दरले गुमाएका छन् ।


















