Dhulikhel Eco Banner new

शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.5K
shares

काठमाडौं, २२ असार । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.७५ अंकले बढेर २,७०७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ५० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.८७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ग्रिन विकास बैंकले ८.५८ प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ५.८१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ५.४३ प्रतिशतका दरले गुमाएका छन् भने गरिमा समृद्धी योजना ४.३५ प्रतिशतका दरले गुमाएका छन् ।