दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असार २६ बिहीवार १५:१०
shares

काठमाडौं, २६ असार । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.१५ अंकले बढेर २,७३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ६८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.१५ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा माण्डु हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् भने समता घरेलु लघुवित्तका लगानीकर्ताले ६.५७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि भगवती जलविद्युत विकास कम्पनीका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले कमाएका छन् भने सानिमा बैंकका लगानीकर्ताले ४.८० प्रतिशतका दरले कमाएका छन् ।


















