नेपाल हाइड्रो डेभलोपरको साधारणसभा, के के छन् प्रस्ताव ?
वि.सं.२०७९ असार ५ आइतवार १२:४२
4.25K
shares
shares

काठमाडौं, ५ असार । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष साधारणसभा असार १३ गते बस्ने भएको छ ।
कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा गर्ने निर्णय गरेको हो ।
सभा कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने छ ।
सभामा नियमावलीको नियम २३ संशोधन गर्ने र नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने तथा अन्य छलफल हुने बताइएको छ ।



















