Dhulikhel Eco Banner new

ग्रामीण विकास लघुवित्तको दशौं वार्षिक साधारण सभा सम्पन्न

3.13K
shares

काठमाडौं, २८ असार ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको आ.व. २०८०/८१ अवधिको दशौं वार्षिक साधारण सभा शनिवार बुटवलमा भौतिक तथा भर्चुअलरविद्युतीय माध्यम मार्फत सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ।व। २०८०/८१ को आषाढ मसान्तसम्म देशका ५६ जिल्लाका १८९ शाखा कार्यालयहरू मार्फत ३६९ स्थानीय तहमा २१६,८७५ सदस्य र ८९,६८६ ऋणी सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा पु¥याई २०८१ आषाढ मसान्तसम्म कुल लगानीमा रहिरहेको बाकी कर्जा १२.२३ अर्व र बचत ३.५४ अर्ब रहेको विवरण पेश गरे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव श्याम कुमार कटुवालले सञ्चालन गरेको उक्त साधारण सभामा शेयरधनीले उठाएको जिज्ञासाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतले जवाफ दिदै संस्थाले शेयरधनी एवं ग्राहक सदस्यहरूको हित संरक्षण र सम्वद्र्धन हुने गरी आफ्नो कारोवार सञ्चालन गर्दै आएकोे र शेयरधनीहरूलाई उचित प्रतिफल दिन व्यवस्थापनले योजनावद्ध ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

शेयरधनीको तर्फबाट चन्द्र नारायण श्रेष्ठले मन्तव्य राख्ने क्रममा नेपाल सरकारको गरिबी न्यूनिकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै शेयरधनीहरुलाई उचित प्रतिफल दिने गरी मितव्ययी तरिकाले काम गर्न सञ्चालक समिति र व्यवस्थापनलाई सुझाव दिंदै दशौं वार्षिक साधारण सभाको सफलताको कामना गरे ।

यसैगरी संस्थाका शेयरधनी तथा पूर्व अध्यक्ष माणिकरत्न शाक्यले साधारण सभामा मनतव्य राख्ने क्रममा संस्थाको व्यवसाय र समग्र पक्षमा भएको बृद्धि सन्तोषजनक रहेको बीचार प्रकट गर्दै आगामी आ.व.देखी लगानीकर्ताहरुलाई उचित प्रतिफल दिनेगरी कामगर्न सुझाव दिए ।

दशौं वार्षिक साधारण सभाले साधारण प्रस्तावको रुपमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु भएको आर्थिक वर्ष २०८०/८१ कोे संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावलाई सर्वसम्तिबाट पास गरेको छ ।

यसैगरी विशेष प्रस्तावको रुपमा ग्रमीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने//गाभिने (मर्जर) सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पास गरेको छ । अन्त्यमा सम्पूर्ण शेयरधनी महानुभावहरुबाट रचनात्मक सुझावको अपेक्षा गर्दै धन्यवाद ज्ञापन प्रकटगरी सभा समापन भएको घोषण गरे ।