शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असार २९ आइतवार १५:२९
shares

काठमाडौं, २९ असार । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.३५ अंकले बढेर २,७६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब ४१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९३ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन राप्ती हाइड्रोका लगानीकर्ताले ७.३४ प्रतिशतका दरले गुमाएका छन् भने भगवती हाइड्रोपावरका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी पञ्चकन्या हाइड्रोपावरका लगानीकर्ताले ५.३६ प्रतिशतका दरले गुमाएका छन् भने न्यादी हाइड्रोपावरका लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका छन् ।

















