Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा

1.86K
shares

काठमाडौं,३० असार। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्सले करिब १६ लाख कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। शेयर खरिदका लागि ३५ दिन ९भदौ २ गते०भित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

तोकिएको अवधिमा संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाले बिक्री खुला गरिने कम्पनीले जनाएको छ।