बैंकिङ प्रणालीमा एकै दिन ४३ अर्ब निक्षेप थपियो
वि.सं.२०८२ असार ३० सोमवार १०:२३
shares

काठमाडौं,३० असार। बैंकिङ प्रणालीमा एकै दिन ४३ अर्ब बराबरको निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारसम्म ७१ खर्ब ९४ अर्ब रहेको निक्षेप बुधबारसम्म बढेर ७२ खर्ब ३७ अर्ब पुगेको हो।
त्यस्तै, सोही अवधिमा बैंकिङ प्रणालीबाट कर्जा प्रवाह पनि २ अर्बले बढेको छ। मंगलबारसम्म ५५ खर्ब ८९ अर्ब रहेको कर्जा प्रवाह बुधबार ५५ खर्ब ९१ अर्ब पुगेको छ।
बुधबारसम्म वाणिज्य बैंकहरूमा जम्मा निक्षेप ६४ खर्ब ८३ अर्ब पुगेको छ भने तिनबाट कर्जा प्रवाह ४९ खर्ब ६९ अर्बमा पुगेको छ।
बैंकिङ प्रणालीको तरलता सूचक मानिने सीडी ९क्रेडिट टु डिपोजिट० रेसियो घट्दै ७६।२३ प्रतिशतमा झरेको छ। अघिल्लो दिन यो दर ७६.६४ प्रतिशत थियो। यसले बैंकहरूमा तरलता केही सहज बन्दै गएको संकेत गर्छ। अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत कायम छ।
















