Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकको ‘७ प्रतिशत ऋणपत्र २०९०’ बाँडफाँड

2.17K
shares

काठमाडौं, ८ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले जारी गरेको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को बाँडफाँड भएको छ। बैंकले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको ऋणपत्रको बाँडफाँड साउन ७ गते गरिएको हो।

बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिऋणपत्र १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३० लाख कित्ता ऋणपत्र, अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको अनुमति पाएको थियो।

जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट, र बाँकी १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको हो।

बिक्री अवधिभर प्राप्त भएका रितपूर्वक आवेदनहरूको मूल्याङ्कनपछि सम्पूर्ण ३० लाख कित्ता ऋणपत्रको बाँडफाँड बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले साउन ७ गते जनाएको छ। ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ दस वर्षे अवधिको डेबेन्चर हो, जसमा लगानीकर्तालाई वार्षिक ७ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ।