Dhulikhel Eco Banner new

शुभलक्ष्मी कोष सञ्चालनमा आउने, बोर्डले दियो अनुमति

6.28K
shares

काठमाडौं, ५ असार । लक्ष्मी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।

फण्डले शुभलक्ष्मी कोष नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो ।

फण्ड सञ्चालन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले जेठ ३१ गते स्वीकृती दिएको हो ।

फण्डले प्रतिइकाई रू. १० को ५ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको हो । योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।