सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ साउन १२ सोमवार १५:११
2.61K
shares
shares

काठमाडौं, १२ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.०७ अंकले घटेर २,९७६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १९ अर्ब ३६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, बिन्दवासिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

















