सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ साउन १२ सोमवार १५:२०
shares

काठमाडौं, १२ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.०७ अंकले घटेर २,९७६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १९ अर्ब ३६ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा समता घरेलुका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सान्भी इनर्जीका लगानीकर्ताले ९.५२ प्रतिशतका दरले कमाएका छन् भने ट्रेड टावरका लगानीकर्ताले ९.५३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी हिमालयन डिस्टिलरीका लगानीकर्ताले ५.८० प्रतिशतका दरले कमाएका छन् भने साग्रीला विकास बैंकका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले कमाएका छन् ।

















