Dhulikhel Eco Banner new

शेयर बजारमा १२८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.29K
shares

काठमाडौं, १२ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.०७ अंकले घटेर २,९७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १९ अर्ब ३६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा बिन्दवासिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन लक्ष्मी उन्नती कोसका लगानीकर्ताले ७.५२ प्रतिशतका दरले गुमाएका छन् भने ग्रिन भेन्चर्सका लगानीकर्ताले ५.०८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी ११ प्रतिशत एनआईसी एशिया डिबेन्चर ०८२र८३का लगानीकर्ताले ४.७९ प्रतिशतका दरले गुमाएका छन् भने उन्नती सहकार्यका लगानीकर्ताले ४.४१ प्रतिशतका दरले गुमाएका छन् ।