Dhulikhel Eco Banner new

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.7K
shares

काठमाडौं, १३ साउन । स्थानिय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

सोमवार प्रतितोला १ लाख ९३ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार प्रतितोला ६ सयले घटेर तोलामा १ लाख ९३ हजार कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । सोमवार २ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार बढेर २ हजार ३०० रुपैयाँ कायम भएको छ।