हिमालयन बैंकको एफपीओ बाँडफाँट, हेर्नुस् कति जना भए मालामाल ?
वि.सं.२०८२ साउन १३ मंगलवार १०:१५
shares

काठमाडौं, १३ साउन । हिमालयन बैंक लिमिटेडले जारी गरेको अतिरिक्त सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले बिहान ९ बजे एफपीओको बाँडफाँट गरेको हो।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरेर कुल १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो। एफपीओ अन्तर्गत कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर गत असार ३१ गतेदेखि साउन ४ गतेसम्मका लागि बिक्री खुला गरिएको थियो।
एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जना लगानीकर्ताले आवेदन दिएका थिए। उनीहरूले कूल ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन गरेका थिए। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएको छ।
बाँडफाँटका क्रममा भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी रहेको ९ कित्ता शेयर २० कित्ता वा सोभन्दा बढीका लागि आवेदन दिएका लगानीकर्ताहरूमध्ये ९ जनालाई थप १ कित्ताका दरले बाँडफाँड गरिएको छ। यसरी उनीहरूले कुल ११ कित्ता शेयर हात पारेका छन्।


















