Dhulikhel Eco Banner new

 एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजना वित्तीय व्यवस्थापन

2.28K
shares

काठमाडौं, १२ साउन । एनएमबि बैंक लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानीका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।

करिब ६६ करोड १८ लाख लागतमा निर्माण हुने उक्त आयोजनामा एनएमबि बैंकको रु। ४६ करोड ३३ लाख बराबरको एकल ऋण लगानी रहनेछ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना तोकिएको लागत र समयसीमाभित्र सम्पन्न गर्न आग्रह गरे। आयोजनाकर्ता मन्दाकिनी हाइड्रोपावर लिमिटेडका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग पुर्‍याएकोमा बैंकलाई धन्यवाद दिँदै आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

यसअघि मन्दाकिनी हाइड्रोपावरले प्रवर्द्धन गरेको ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना वि।सं। २०७४ मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादनमा रहेको र त्यसमा पनि एनएमबि बैंककै नेतृत्वमा सहवित्तीयकरणमार्फत ऋण लगानी भएको जानकारी गराइएको छ।

पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै एनएमबि बैंकले नेपाल राष्ट्र बैंकका निर्देशन अनुसार आफ्नै पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली कार्यान्वयन गरिसकेको छ।