Dhulikhel Eco Banner new

महुली लघुवित्तको नाफामा वृद्धि, हेर्नुस् अन्य सूचक कस्तो ?

4.06K
shares

काठमाडौं, १५ साउन । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको नाफामा उल्लेख्य वृद्धि भएको छ।

संस्थाले आर्थिक वर्षको अन्त्यसम्ममा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५५.८० प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.०२ प्रतिशत र अन्य सञ्चालन आम्दानी २.५२ प्रतिशत ले बढेको छ। कुल सञ्चालन आम्दानी ३६.३० प्रतिशत ले बढेको छ भने सञ्चालन मुनाफा २३२.३३ प्रतिशत ले उकालो लागेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्षको तुलनामा २० रुपैयाँ ९८ पैसाले वृद्धि भएर यो रकम ३० रुपैयाँ ८६ पैसा पुगेको छ।

असार मसान्तसम्ममा लघुवित्तको प्रति शेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा पुगेको छ भने यसको मूल्य(आम्दानी अनुपात ४१.८६ गुणा रहेको छ।

३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ।

लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।