उच्च अंकले घट्यो शेयर बजार, १९८ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८२ साउन १५ बिहीवार १५:१३
1.99K
shares
shares

काठमाडौं, १५ साउन । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३८.४० अंकले घटेर २,९१५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १५ अर्ब ९८ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा ट्रेड टावर र नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.१० प्रतिशतका दरले गुमाएका छन् ।















