GBIME

गण्डकी इनर्जी लिमिटेडको असार २७ गते साधारणसभा, के -के छन् एजेण्डा ?

1.1K
shares

काठमाडौं, ६ असार । गण्डकी इनर्जी लिमिटेडको असार २७ गते साधारणसभा हुने भएको छ ।

कम्पनीको असार ३ गते बसेको बैठकले उक्त्त निर्णय गरेको हो । कम्पनीले सभामा २०७७।७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७।७८ को वासलात नाफा, नोक्सान तथा सोही अवधिको नगद प्रवाह विवरण पनि पारित गर्ने भएको छ ।

कम्पनीले प्रबन्धपत्र नियमावली संशोधन गर्ने पारित गर्ने जानकारी दिएको छ । सभा असार २७ गते बिहान ११ बजे त्रिपूरेश्वर काठमाडौंमा कम्पनीको कार्यालयमा हुने भएको छ ।