गरिमा समृद्धि योजनाको लाभांश घोषणा
वि.सं.२०८२ साउन १६ शुक्रवार ११:०६
2.74K
shares
shares

काठमाडौं, १६ साउन । गरिमा समृद्धि योजनाको लाभांश घोषणा भएको छ । साउन १५ गते बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ५.१० प्रतिशत (करसहित) का दरले लाभांश प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश वितरण प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।

















