नेपाल लाइफले किन्यो १८ करोड ११ लाखको घरजग्गा
वि.सं.२०७९ असार ६ सोमवार १२:२०
5.15K
shares
shares

काठमाडौं, ६ असार । नेपाल लाइफ इन्स्योरेन्सले पोखराको न्युरोडमा १८ करोड ११ लाखको घरजग्गा खरिद गरेको छ ।
कम्पनीको चैत ६ गते बसेको ३३४ औ बैठकले उक्त निणर्य गरेको हो । कम्पनीले जेठ २ गते बीमा कम्पनीबाट स्वीकृती प्राप्त गरेपछि घरजग्गा किनेको हो ।
कम्पनीले पोखरा महानगरपालिका वडा नं. ८ मा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको २ ओटा घरसहित २९९ वर्गमिटर क्षेत्रफल रहेको जग्गा खरिद गरेको हो ।
कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।

















