सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ साउन २० मंगलवार ११:४६
2.08K
shares
shares

काठमाडौं, २० साउन । स्थानिय बजारमा मंगलवार सुनको मूल्य उच्च अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
सोमवार प्रतितोला १ लाख ९६ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार प्रतितोला १ हजार ९ सयले बढेर तोलामा १ लाख ९८ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलवार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । सोमवार २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार बढेर २ हजार २८० रुपैयाँ कायम भएको छ।

















