शेयर बजारमा भारी अंकले गिरावट, २०४ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८२ साउन २० मंगलवार १५:१४
1.91K
shares
shares

काठमाडौं, २० साउन । मंगलवार शेयर बजार भारी अंकले घटेको छ । शेयर बजार ४१.७८ अंकले घटेर २,८३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ३३ करोडको कारोबार भएको हो ।
भारी अंकले घटेको शेयर बजारमा समाज लघुवित्त र उन्नती सहकार्यका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
















