Dhulikhel Eco Banner new

भारी अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.82K
shares

काठमाडौं, २० साउन । मंगलवार शेयर बजार भारी अंकले घटेको छ । शेयर बजार ४१.७८ अंकले घटेर २,८३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ३३ करोडको कारोबार भएको हो ।

भारी अंकले घटेको शेयर बजारमा समाज लघुवित्त र उन्नती सहकार्यका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन विन लघुवित्तका लगानीकर्ताले ४.६४ प्रतिशतका दरले कमाएका छन् भने श्रिजनशिल लघुवित्तका लगानीकर्ताले ४.२२ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, सनराइज फस्ट म्युचअल फन्डका लगानीकर्ताले ३.७३ प्रतिशतका दरले कमाएका छन् ।