शेयर बजारमा २०४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ साउन २० मंगलवार १५:३०
shares

काठमाडौं, २० साउन । मंगलवार शेयर बजार भारी अंकले घटेको छ । शेयर बजार ४१.७८ अंकले घटेर २,८३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ३३ करोडको कारोबार भएको हो ।
भारी अंकले घटेको शेयर बजारमा थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन ट्रेड टावरका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले गुमाएका छन् भने लुम्बिनी विकास बैंकले ५.४० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, अपर सोलु हाइड्रोका लगानीकर्ताले ४.८० प्रतिशतका दरले गुमाएका छन् भने सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ४.५४ प्रतिशतका दरले गुमाएका छन् ।
















