Dhulikhel Eco Banner new

अभियान लघुवित्त घाटाबाट मुनाफातर्फ, एक वर्षमै ६ करोड ६० लाख रुपैयाँ खुद नाफा

2.82K
shares

काठमाडौं, २५ साउन । अभियान लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्षमा चौथो त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

अघिल्लो आर्थिक वर्षमा २ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेको थियो । अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ७ करोड ६६ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेकोमा गत वर्षको सोही अवधिसम्म १८ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

त्यसैगरी कुल सञ्चालन आम्दानी ८ करोड ९७ लाख रुपैयाँबाट बढेर २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष कम्पनी २ करोड ९२ लाख सञ्चालन घाटामा रहेकोमा गत वर्ष १० करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

यससँगै अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ९.७९ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष २६.४२ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.९८ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १० करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा ९लाभांश क्षमता० ७ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ४ करोड रुपैयाँ ऋणात्मकमा झरेको छ।

अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) पनि गत वर्ष घटेर ४ प्रतिशतमा झरेको छ। कम्पनीले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।