Dhulikhel Eco Banner new

हालसम्मकै उच्च मुल्यबाट सामान्य अंकले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.6K
shares

काठमाडौं, २५ साउन । स्थानिय बजारमा आइतवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार प्रतितोला १ लाख ९९ हजार ४ सयमा कारोबार भएको सुनको मुल्य आइतवार २ सयले घटेर प्रतितोला १ लाख ९९ हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । शुक्रवार २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर २ हजार ३३० रुपैयाँ कायम भएको छ।