सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा
वि.सं.२०८२ साउन २६ सोमवार ११:५२
1.92K
shares
shares

काठमाडौं, २६ साउन । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्ने निर्णय गरेको छ।कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।
साथै बैठकले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ। यि दुवै निर्णय कम्पनीले वार्षिक साधारणसभामा पारितका लागि पेश गर्नेछ। साधारणसभाको मिति भने तय भइसकेको छैन।















