Dhulikhel Eco Banner new

अहिले निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने कारण छैनः प्रधानमन्त्री

1.74K
shares

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालको अवस्थामा अटो व्यवसायी वा निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजित १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रप्रति सरकारको सकारात्मक दृष्टिकोण रहेको स्पष्ट पारेका हुन् ।

“अब कसैले असन्तुष्ट नै हुनुपर्छ भन्ने कसम खाएको छ भने त्यो फरक कुरा हो,” प्रधानमन्त्री ओलीले भने, “तर अहिलेको अवस्था हेर्दा निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ छैन्।”

उनले हालै आएको मौद्रिक नीति र त्यसअगाडिको वित्तीय नीति व्यवहारिक र व्यवसायीमैत्री रहेको दाबी गरे। साथै, स्टार्टअप, इनोभेसन र उत्पादनलाई सरकारले सधैं प्रोत्साहन गर्दै आएको पनि उनले उल्लेख गरे।

ओलीले सरकार नेपालको पूर्वाधार विकासमा प्राथमिकतासाथ लागिरहेको बताउँदै सडक पूर्वाधारहरू क्रमशः सुदृढ र गुणस्तरीय हुँदै गएको बताए।