नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता, ३ दिनमै ७८ हजार भन्दा बढिले गरे अवलोकन
वि.सं.२०८२ भदौ ६ शुक्रवार १०:२७
shares

काठमाडौं, ६ भदौ । नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन् । यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको छ ।
आर्थिक चुनौती र कठिनाइबीच पनि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको छ । यसले अपेक्षा अझ उचालेको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन आत्मविश्वास थप मजबुत बनाएको छ ।
यस ऐतिहासिक सफलतामा योगदान पुगेको र सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ । नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य तयारीको राष्ट्रिय उत्सव हो।
















