Dhulikhel Eco Banner new

बुङ्गल हाइड्रोको आयोजना प्रभावित स्थानीयहरूलाई आईपीओ बाँडफाँड

2.11K
shares

काठमाडौं, ६ भदौ । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) भदौ ५ गते बाँडफाँड भएको छ।

कम्पनीले गत असार २९ गतेदेखि साउन २६ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई लक्षित गर्दै ८ लाख ३० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियो।

बाँडफाँडका क्रममा अति प्रभावित क्षेत्रबाट आवेदन दिएका १९६ जना आवेदकलाई कुल १ लाख १० हजार ५६० कित्ता शेयर वितरण गरिएको छ भने सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता शेयर प्रदान गरिएको छ।

यसरी, कुल ८ लाख ३० हजार कित्ता शेयर विधिवत् रूपमा योग्य आवेदकहरूलाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। बाँडफाँडमा पर्न नसकेका आवेदकहरूको लगानी रकम भने सम्बन्धित बैंक खातामा फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको कम्पनीले स्पष्ट पारेको छ।

बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयहरूलाई शेयर स्वामित्वमा सहभागी गराउन आईपीओ निष्कासन गरेको हो ।