बिरगञ्जमा टाटा ईभी अटो शो सुरु, वर्षकै बेस्ट अफरसहित नयाँ मोडलहरू सार्वजनिक
वि.सं.२०८२ भदौ ६ शुक्रवार १०:१४
shares

काठमाडौं, ८ भदौ । सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सका लागि नेपालका आधिकारिक वितरक) र प्राइम अटो ट्रेडर्सको सहकार्यमा बिरगञ्जमा टाटा ईभी अटो शो सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त अटो शो भदौ ६ गतेदेखि ८ गतेसम्म होटल विशुवा, बाइपास रोडमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।
अटो शोमा टाटा मोटर्सका नयाँ प्रविधियुक्त विद्युतीय सवारी साधनहरू – कर्भ डट ईभी, नेक्सन के थ्री डट ईभी, पञ्च डट ईभी र टियागो डट ईभी – प्रदर्शनीमा राखिएका छन्। आगन्तुकले यी सवारी साधनहरूको प्रत्यक्ष अवलोकन तथा अनुभव लिन सक्नेछन्, साथै विद्युतीय सवारी प्रविधिबारे विस्तृत जानकारीसमेत प्राप्त गर्न सक्नेछन्।
आयोजकहरूका अनुसार, अटो शोमा वर्षकै उत्कृष्ट अफरसहित विभिन्न आकर्षक सुविधा उपलब्ध छन्। जसमध्ये, जीवनभरि निःशुल्क डीसी फास्ट चार्जिङ सेवा, विशेष छुट, उच्चतम मूल्यमा सवारी साटासाट, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ सेटअप र निःशुल्क एम्बोस्ड नम्बर प्लेट प्रमुख छन्।
शोमा सवारी प्रदर्शनी मात्र नभई आगन्तुकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रमहरूको पनि व्यवस्था गरिएको छ। फूड स्टलहरू, रमाइला खेल गतिविधि र सांगीतिक प्रस्तुतीहरूले कार्यक्रमलाई उत्सवमय बनाउने अपेक्षा गरिएको छ।
सिप्रदी ट्रेडिङ र प्राइम अटो ट्रेडर्सका अनुसार, यो अटो शोले बिरगञ्ज र आसपासका क्षेत्रका बासिन्दालाई विद्युतीय सवारी साधनबारे जानकारी दिने मात्र नभई नयाँ प्रविधिको प्रत्यक्ष अनुभव गराउने अवसर पनि प्रदान गर्नेछ।
















