Dhulikhel Eco Banner new

नेपाल आयल निगममा २८ जनाका लागि रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

1.99K
shares

काठमाडौं, ६ भदौ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदहरूमा २८ जनाका लागि आवेदन खुलाएको छ। निगमले खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागिएको जानकारी दिएको छ।

सूचना अनुसार, प्रवन्ध (लेखा) तह ८ देखि बाउजर अपरेटर (तहविहीन) सम्मका पदहरूका लागि आवेदन खुला गरिएको हो।

इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित मिति अर्थात् भदौ ६ गतेदेखि २१ दिनभित्र आवेदन दिन सक्नेछन्। साथै, दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म पनि आवेदन दिन सकिनेछ।

निगमले आवेदन फारम अनलाइनमार्फत मात्र भर्न सकिने जनाएको छ। यसका लागि निगमको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

विस्तृत विवरण, योग्यता, दरखास्त दस्तुर, पद संख्या, समावेशी समूहको विवरण लगायतको जानकारी निगमको सूचना वा वेबसाइटमा हेर्न सकिनेछ।

निगमले यो प्रक्रिया पारदर्शी र निष्पक्ष हुने प्रतिबद्धता व्यक्त गर्दै योग्य उम्मेदवारहरूलाई समयमै आवेदन दिन अनुरोध गरेको छ।