एशियन लाइफ इन्स्योरेन्सको साढे ३ लाख कित्ता हकप्रद शेयर लिलामीमा बिक्रीमा
वि.सं.२०८२ भदौ १५ आइतवार १२:२३
shares

काठमाडौं, १५ भदौ । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाखभन्दा बढी अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले भदौ २२ गतेदेखि २९ गतेसम्म कुल ३ लाख ५८ हजार ५१२ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।
यीमध्ये संस्थापक समूहतर्फका ३० हजार ३८ कित्ता र सर्वसाधारण समूहतर्फका ३ लाख २८ हजार ४७३ कित्ता शेयर रहेका छन्।
यसअघि कम्पनीले १०ः४.२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। कुल १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी बराबरको १ करोड ४२ लाख कित्ताभन्दा बढी शेयर बिक्रीमा ल्याइएको थियो।
लिलामीमा बिक्री हुने शेयरहरूमा आवेदन दिन चाहने लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, वा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा जस्तै ठिमी, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, विराटनगर लगायतका शाखाहरूबाट निवेदन दिन सक्नेछन्।


















