निरन्तर नयाँ रेकर्ड बनाउदै सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ १६ सोमवार ११:१६
3.11K
shares
shares

काठमाडौ, १६ भदौ । स्थानिय बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य प्रतितोला १ हजार ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आइतवार प्रतितोला २ लाख ३ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमवार १ हजार ७ सयले बढेर प्रतितोला २ लाख ५ हजार ३ सय कायम भएको हो ।
त्यस्तै सोमवार चाँदीको मुल्य पनि ४५ रुपैयाँले बढेको छ । आइतवार २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोमवार बढेर २ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ ।

















