Dhulikhel Eco Banner new

सामसङ नेपालको “दशैंको मुड, सबै गुड” अफर अन्तर्गत टेलिभिजनमा ३५ प्रतिशतसम्म छुट

2.25K
shares

काठमाडौं, १६ भदौ । नेपालीहरूको महान चाड दशैंलाई लक्षित गर्दै सामसङ नेपालले “दशैंको मुड, सबै गुड” नामक विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत सामसङका टेलिभिजनहरूमा विशेष छुट तथा उपहारको व्यवस्था गरिएको छ।

ग्राहकहरूले सामसङका नियो क्युएलईडी, क्युएलईडी, पूर्ण उच्च स्पष्टता (एफएचडी) र उच्च स्पष्टता (एचडी) टेलिभिजनहरूमा ३५ प्रतिशतसम्म नगद फिर्ता (इन्स्टन्ट क्यासब्याक) पाउनेछन्।

यसका अतिरिक्त, छानिएका ७५ इन्च र ८५ इन्च क्युएलईडी टेलिभिजन खरिद गर्दा साउन्ड बार उपहारमा प्रदान गरिनेछ। यसले ग्राहकलाई चलचित्र जस्तै ध्वनि अनुभव दिलाउनेछ, जसले पारिवारिक रमाइलोलाई थप उत्कृष्ट बनाउने विश्वास गरिएको छ।

सामसङले टि, ए, बी, सि, डि र एफ सिरिजका टेलिभिजनहरूमा तीन वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले खरिद गर्दा निःशुल्क पेशेवर जडान सेवा ९प्रोफेसनल इन्स्टलेसन० पनि प्राप्त गर्नेछन्, जसले टेलिभिजन सेटअपलाई सहज र आकर्षक बनाउनेछ।

सामसङ नेपालको यो अफर भदौ २५ देखि असोज २४ गतेसम्म देशभरका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत लागू हुनेछ।

ग्राहकहरूले टेलिभिजन खरिद गर्दा पुराना उपकरण साटासाट गर्न पाउने सुविधा, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सेवा, र अन्य चाडपर्व विशेष लाभहरू समेत प्राप्त गर्न सक्नेछन्।