Dhulikhel Eco Banner new

एलजी नेपालको ‘खुशीको ४० वर्ष’ अफर सार्वजनिक, दशैँ–तिहारमा विशेष छुट र उपहार

2.29K
shares

काठमाडौं, १६ भदौ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड एलजी नेपालले आफ्नो ४० वर्षे सफल यात्रा उपभोक्तासँगै मनाउन ‘खुशीको ४० वर्ष’ नामक विशेष दशैँ–तिहार अफर सार्वजनिक गरेको छ। दशैँ–तिहारको रमाइलो अवसरमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले यो अफर अन्तर्गत नगद छुट र विभिन्न पक्का उपहारसहितको आकर्षक योजना ल्याएको हो।

नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अफर अन्तर्गत उपभोक्ताहरूले ४० प्रतिशतसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै विभिन्न प्रकारका एलजी उत्पादनहरूको खरिदमा उपहारको समेत व्यवस्था गरिएको छ।

फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्दा ११ केजीसम्मको मोडेलमा ६ केजीको एरियल म्याटिक उपहार दिइनेछ भने १३ केजीभन्दा माथिको मोडेलमा इन्डक्सन चुलो उपहार स्वरूप प्रदान गरिनेछ। टप लोड र ट्विन टब वाशिङ मेसिन खरिद गर्दा ३ लिटरको एरियल लिक्विड प्राप्त हुनेछ।

डिशवाशरमा दुई प्याक डिशवाशिङ ट्याब्लेट, साइड–बाइ–साइड फ्रिजमा माइक्रोवेभ ओभन, डबल डोर फ्रिज ९३०८ लिटर सम्म० मा प्रेशर कुकर र ३४० लिटरभन्दा माथिको मोडेलमा मिक्सर ग्राइन्डर उपहार दिइनेछ। माइक्रोवेभ ओभनसँगै कुकिङ किट र एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सेवा पनि उपलब्ध हुनेछ।

यस अफर अन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा समेत प्राप्त गर्न सक्नेछन्, जसमा तत्काल प्रक्रिया हुने र कुनै अतिरिक्त शुल्क लाग्ने छैन। साथै ३२ इञ्च वा सोभन्दा ठूलो टेलिभिजन खरिद गर्दा ग्राहकले ९ महिनाको नेट टिभी सदस्यता निःशुल्क प्राप्त गर्नेछन्।

यो विशेष अफर भदौ १६ गतेदेखि देशभर सीमित अवधिसम्म लागू हुनेछ। एलजीले आफ्नो ४० वर्षे यात्रामा नेपाली उपभोक्ताको साथ र विश्वासलाई कदर गर्दै यो उत्सवलाई थप अर्थपूर्ण बनाउन यो अभियान ल्याएको जनाएको छ।

नेपाली बजारमा ४ दशकदेखि स्थायी उपस्थिति बनाउँदै आएको एलजी ब्रान्ड गुणस्तर, भरपर्दो सेवा र नवीन प्रविधिको प्रतीक बनेको छ। घरायसी उपकरण, होम इन्टरटेन्मेन्ट तथा वातानुकूलन समाधानजस्ता अत्याधुनिक प्रविधिहरूको माध्यमबाट एलजीले नेपाली उपभोक्ताको जीवनशैलीलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने कार्यमा निरन्तर योगदान दिँदै आएको छ।